भनिन्छ,
समुन्द्र पुग्नुअघि
डरले थरथर काँप्दछ नदी ।
आफूँ बगेको बाटो हेर्दछ
पहाड, बन र वस्ती छिचोल्दै हिँडेको
घुम्तीहरु हेर्दछ ।
उसको अघिल्तिर देखिने
विशाल समुन्द्रमा मिसिनु भनेको
कहिल्यै नभेटिनुगरी हराउनुबाहेक
केही पनि होइन ।
तर अविकल्प
नदि फर्किएर पछाडी जान सक्दैन
पछि फर्केर जान सक्दैन कोही
अस्तित्वमा पछि फर्किनु असम्भव छ
समुन्द्र प्रवेश गर्न जोखिम मोल्नुपर्छ नदिले
तबमात्र हराउँछ डर
किनकी नदीलाई त्यसपछि मात्र थाहा हुन्छ
समुन्द्रमा मिसिनु भनेको हराउनु होइन
बरु आफैं समुन्द्र बन्नु हो ।
अनुवाद : हेम विश्वकर्मा